ज्योति + ईष दुई शव्दको समास भएर ज्योतिष वनेको छ जहा ईश भनेको इश्वर ( ग्रह नक्षत्र) को ज्योति भनेको प्रकाश भन्ने सामान्य अर्थ हुन्छ यसको पूर्ण अर्थ भने ग्रह नक्षत्र हरुको स्थिति अवस्था र यिनीहरुले पृथ्वीमा रहेका जीवहरुमा पार्ने प्रभाव हो त्यस्तै अंग्रेजीमा एस्ट्रो र लजीक दुई शव्द मिलेर एस्ट्रोलोजी वनेको छ जहा एस्ट्रो भनेको ताराहरु र लोजीक भनेको तर्क विचार हुने भएकोले तारा र नक्षत्रहरुको अध्ययन नै भन्ने वुझिन्छ । अत संस्कृत र अंग्रेजी दुवै शव्दको मर्म एउटै रहेको कुरा स्पष्ट हुन्छ
ज्योतिष शास्त्र र ज्योतिष विज्ञान विकासको ऐतिहासिक पृष्ठ भूमि
आध्यात्मिक दर्शन अनुसार व्रहमाजीले सृष्टि गरेका षडशास्त्र(वेद,साहित्य,कला,छन्द, निरुक्त ,ज्योतिष)मध्ये ज्योतिषलाई वैदिक कालदेखि नै अत्यन्त महत्वको साथ हेरेको पाईन्छ । कुनै पनि विचार या दर्शन तत्कालीन मानव संस्कृति या भावनासंग सापेक्ष रहेको हुन्छ । वैदिक या पौराणिक कालमा प्रत्येक प्राकृतिक घटनालाइ इश्वरीय इच्छासंग तुलना गरिने भएकोले व्रहमाण्डका पिण्डहरु पनि इश्वरीय शक्ति र इच्छा वाट नै सन्चालित हुने विश्वास अनुरुप ग्रह नक्षत्रलाइ पनि देवताकै अंशमा हेरिने र सत्कर्म या दुष्कर्मप्रति ग्रह नक्षत्रको प्रभावको वारेमा व्याख्या गर्ने संस्कृति विकास हुंदै गयो । हाम्रा पूर्वज ऋषी मुनिहरुले आफनो मस्तिस्कमा विचारको मन्थन गर्दै ग्रह नक्षत्रको प्रभावले मानिसका कैयन जन्म प्रभावित हुने विचार अगाडि वढाउदै जांदा ज्योतिष शास्त्रको विकास भयो ।
भौतिक दर्शनअनुसार प्राचिन कालमा आफनो आवश्यकता र जिज्ञासा पुरा गर्ने कुनै साधन वा लिखित दस्तावेज थिएन । त्यसैले प्राचीन मानिसहरुले आकाशीय पिण्डहरुलाइ आफनो आवश्यकता पुरा गर्ने माध्यम वनाउदै गए । वासस्थानवाट खानाको खोजीमा टाढाटाढा पुगेर पहिलेकै वासस्थानमा फर्किने कुरामा होस, शिकार फलफूल र कन्दमूलवाट खाना प्राप्त गर्ने क्रममा होस ,सुरक्षित आश्रयस्थलको खोजीको क्रममा होस या ऋतुपरिवर्तन आधिवेहरी सुख्खा खडेरी वाढी वर्षा जस्ता घटनाले प्रभावित भएर होस अथवा पु््रच्छे तारा चन्द्रमाको कला ग्रहण आदि प्राकृतिक घटनाको कारण होस् , जिज्ञासा वढदै जाने क्रममा मानिसको ध्यान आकाशीय पिण्ड तर्फ आकर्षित हुदै गयो । हालको इराक राज्य रहेको मेसोपोटामियाको मैदानको सभ्यता विकास क्रममा इशा पूर्व ४००० मा तारा, तारामण्डल र ग्रहणको वारेमा भएका अध्ययन र जानकारी यस विषयमा उत्सुकता वढाउने आधार वनेका थिए । नाइल नदीको किनारमा इशा पूर्व २८०० मा लुव्धक भन्ने तारा उदाउदा नाइल नदीमा वाढी आउने घटनाको अध्ययन तथा पृथ्वीमा ताराहरुको प्रभाववाट लिएको जानकारी आदि कुराहरुले आकाशीय पिण्डहरुको अध्ययनप्रति उत्सुकता वढदै गयो । त्यतिवेला ग्रिक राज्य अन्तर्गत रहेको हालको टर्कीमा जन्मेका चर्चित दार्शनिक थेल्स९त्जबभिक० ले ग्रहण लाग्नुको कारण देखि लिएर सूर्य चन्द्रमाको पृथ्वीमा प्रभाव वारे इशा पूर्व ६३६ मा गरेको अध्ययन तथा प्रसिध्द भौतिक शास्त्रीहरु टोलोमी ९एतयझिथ०जस्ले ग्रहहरुको वक्रीगतिको व्याख्या गर्न उपवृत्तिय सिदान्त (इपीसाइकल थेउरी) प्रस्तुत गरेका थिए । त्यसैगरी निकोलस कपर्निकस(English Content Here)जस्ले ग्रहहरुको ठिकस्थान पत्ता लगाउन अल्फोसाइन टेवल भन्ने पात्रो निकालेका थिए ।
टाइको वा¥हे ९त्थअजय दचबजभ० जस्ले ग्रहभन्दा ताराहरु निकै टाढा रहेको तथ्य पत्ता लगाए ।
जोहान्स केप्लर९व्यजबललभक पभउभिच० ले उपवृत्तिय सिध्दान्त पत्ता लगाए भने ग्यालीलीयो ग्यालीली ९न्बष्भििय नबष्भििष्० जस्ले टेलीस्कोप निर्माण गरी तारा र ग्रहहरुको स्थिति र तिनीहरुको सतहवाट प्राप्त हुने विधुत चुम्वकीय तरंगको प्रभाव वारे गहन अध्ययन गरेका थिए । सर आइज्याक न्यूटन९क्ष्च क्ष्कबबअ लभधतयल० ले तारा ग्रह र नक्षत्रहरुको गहन अध्ययन गरी तिनीहरुको प्रभाव वारे थप अनुसंधान गरेका थिए । न्युटनले प्रतिपादन गरेको विश्वव्यापी गुरुत्वाकर्षणको सिद्धान्त (एकअर्कोमा ग्रहहरुको प्रभाव) ले पिण्ड र दुरीअनुसार प्रभावको तीव्रतामा घटवढ हुने कुरालाई उजागर गरे भने अल्वर्ट आईन्सटाइन को सापेक्षताको सिद्धान्त ( पिण्ड र शक्ति वीचको सम्वन्ध ) ले एउटा ग्रहको असर अर्काेमा पर्ने कुरालाई पुष्टि गर्दै गए । अतः आध्यात्मिक दृष्टीकोण होस या भौतिक दृष्टीकोण , जुनसुकै दृष्टीकोणवाट हेरिए पनि व्रहमाण्डका हरेक पिण्डहरुमा एउटाको प्रभाव अर्कोमाथि पर्दछ र त्यो प्रभाव सकारात्मक या नकारात्मक हुन सक्छ भन्ने कुरामा चाहि दुवै दृष्टिकोणको मिलन विन्दु भेटिन्छ । यो कुण्डली दर्शन हाम्रो आध्यात्मिक विचार र संस्कृतिसंग आवध्द रहेकोले यसका सामग्रीहरु पनि तदनुरुप समावेश गरिएका छन ।