मेरो भनाई

परम्व्रहमस्वरुप वेदव्यासले आफनो अदभुक्त शक्तिवाट विश्व व्रहमाण्डको सम्पूर्ण रहस्यलाई उजागर गर्न शास्त्रहरुको रचना र विवेचनालाइ श्रुति स्मृति र पुराणको रुपमा अगाडि सार्ने महान कृत्यको आरम्भ गरेयता निर्माण र विकास भएका षडशास्त्र मध्ये ज्योतिषशास्त्र पनि अत्यन्त व्यवहारोपयोगी शास्त्रको रुपमा विश्वमा व्यापक भएर रहेको छ । यसलाइ पूर्विय ज्योतिष दर्शन र पश्चिमी ज्योतिष दर्शनको रुपमा संसारभर अध्ययन र अनुसंधान भइरहेको छ । अरु शास्त्रहरु जस्तै यो पनि अनन्त असिमित र व्यापक भएकोले यसको गहन अध्ययन अत्यन्त्त जटिल र दुरुह पनि छ । ज्योतिषशास्त्र रुपी यो सागरमा प्रवेश गरेर यसको आद्य र अन्त्य वुझनु र ठम्याउनु आजका मानव मस्तिष्कको सोच वाहिरको विषय हो भन्नुमा अत्युक्ती नहोला । यस ज्योतिष सागरको अवलोकन गर्न खोजेको मेरो अन्तस्करण र विचारले अध्ययनको सही मार्ग पहिल्याउन गरेका विभिन्न प्रयासवाट प्राप्त नतिजालाई लिपिवध्द गरेर जिज्ञासु पाठकहरु समक्ष पु¥याउने सानो प्रयास गरेको छु ।
मेरो यो प्रयास कुण्डलीवाट भावफल कसरी वताउने भन्ने विषयसंग सम्वन्धित छ । मैले विगत ५ वर्षदेखि अध्ययन गरेका वृहज्जातक , मानसागरी ,वृहज्योतिषार ,जातकालंकार ,मुहुर्तचिन्तामणी ,मुहुर्तभास्कर ,भृगुसंहिता , वृहतपाराशर होराशास्त्र, लधुपराशरी जस्ता ग्रन्थहरु र सफटवेयर तथा इन्टरनेटमा राखिएका ज्योतिष शास्त्रका विषयवस्तुको आधारमा अत्यन्त सरलढंगवाट भावफल वताउन सकिने उपायको खोजी गरी प्रस्तुत गर्ने जर्मको गरेको छु ।
हाम्रा पूर्वज ऋषिमुनीहरुको विश्व प्रयोगशाला रुपी मस्तिस्कवाट मन्थन हुदै र विकसितहुंदै गएको ज्योतिषशास्त्रमा सर्वमान्य सिध्दान्तको अभाव मात्र होईन ज्योतिषाचार्यहरुको मतमा विविधतासमेत रहेकोले केही ग्रन्थहरुको अध्ययन र विश्लेषणवाट निष्कर्षमा पुग्न नसकिने यस अथाह ज्योतिषसागरवाट मैले प्राप्तगर्न सकेको ज्ञानको आधारमा प्रस्तुत विषयवस्तुमा रहन सक्ने त्रुटीप्रति सकारात्मक सुझावको निमित्त सम्वधित विज्ञहरु संग आग्रह गर्दछु । यसमा रहेका विषयवस्तु पूर्विय ज्योतिष दर्शन संगसम्वधित रहनुको साथै विज्ञानको शाखाको रुपमा विकास भएको हालको ज्योतिष विज्ञान (एस्ıोनोमी) संग तादात्म्य मिलाउने क्रममा परम्परागत रुपमा अगाडि वढेका ज्योतिष सम्वन्धि सोंचहरुमा मेलनखाने सामग्रीहरुलाइ पनि अध्ययनको आधारमा मात्र विश्लेषण गरिदिनु हुन आग्रह गर्दछु ।
मेरो यो सानो प्रयासवाट ज्योतिष सम्वन्धि अत्यन्त कम जानकारी भएका र ज्योतिषको अध्ययनवाट उल्झनमा रहेका पाठकहरु पनि लाभान्वित हुन सक्ने अपेक्षा गरेको छु ।

पिताम्वर भण्डारी
मकरसंक्रान्ति २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *