हाम्रो शरीर पन्चतत्वले वनेको हुन्छ । पन्चतत्वले वनेको यो शरीरलाइ सन्चालन गर्न शक्तिको आवश्यक पर्छ जुन शक्ति प्रत्यक्ष या अप्रत्यक्ष सूर्यवाट प्राप्त हुन्छ । सूर्यवाट फैलिएको विकिरण सिधै या ग्रहहरुवाट परावर्तन भएर पृथ्वीसंम आइपुग्छ । सूर्य र ग्रहहरुवाट आउने प्रकाशको वर्णपट ले हरेक जीवहरुको जीवन सन्चालन भईरहेको हुन्छ । प्रकाशको वर्णपट हाम्रो शरीरमा प्रवेश गरेर रिमोर्टले टि भि सन्चालन गरेजस्तै शरिरलाइ सन्चालन गर्ने भएकोले ग्रहको प्रभाव हाम्रो शरीरमा परेको हो । यसरी पर्ने प्रभाव हाम्रो पूर्वजन्मको कर्म अनुसार जन्म देखिनै निर्धारण हुन्छ । पहिले देखि नै निर्धारण हुने जीवनका प्रत्येक घटना हामीलाइ जानकारी हुदैन, यी प्रत्येक घटनाको जानकारी गराउने माध्यम ज्योतिष शास्त्र हो ।यस्ले पूर्व जन्ममा गरिएको कर्म अनुसार यस जन्ममा भोग्नुपर्ने विभिन्न घटना प्रतिघटना को वारेमा जानकारी दिएर पूर्व सचेत वन्न हामीलाइ सहयोग गर्छ । पूर्वजन्मको कर्म अनुसार भोग्नुपर्ने घटनाहरु त अवश्य भोग्नुपर्छ तर भोग्नुपर्ने राम्रा परिणामहरुलाइ अझ राम्रो वनाउने र नराम्रो परिणामलाई सकेसम्म कमगर्ने उपाय ज्योतिष शास्त्रले सिकाउंछ ।
ज्योतिष शास्त्रले समय अनुकुल चल्न सिकाउछ ।
पाठपुजन ,स्मरण ,नमन आदिले कम गर्न सकिने उपाय समेत ज्योतिष शास्त्रले हामीलाइ सिकाउने भएकोले प्रत्येक व्यक्तिले यो शास्त्रको अध्ययनवाट जीवन सहज वनाउन सक्ने भएकोले आफनो व्यक्तिगत जीवनको लागि पनि यो शास्त्रको अध्ययन अति आवश्यक रहेको छ ।