आजको वैज्ञानिक युगमा मानवीय कृयाकलापहरु ग्रह नक्षत्रको अवस्थावाट निर्दिष्ट हुन्छन् भन्दा विश्वास नहुन पनि सक्छ जुन स्वाभाविक पनि हो, किनकी विज्ञान र प्रविधिको द्रुततर विकासले मानिसका हर समस्याको समाधान संभव वनाएको छ । आधुनिक मनोविज्ञानले मानिसको सोंचमा परिवर्तन गर्न सकिने प्रविधिको विकास गरेको छ । आधुनिक चिकित्सा विज्ञानले हर प्रकारका रोगहरुको निदान गर्ने मात्र होईन, मानिसका अंगहरुको आरोपण र प्रत्यारोपण, परीक्षण नलीमा वच्चा, लि¨परिवर्तन , डि एन ए ईन्जिनियरि¨वाट डुप्लिकेट मानिस वनाउन सकिने प्रविधिसमेत विकास गरेको छ ।त्यस्तै आधुनिक विज्ञान र प्रविधिले हवाई अड्डाको राडारवाट उडिरहेको हवाईजहाजको सन्चालन र नियन्त्रण, पृथ्वी वाटै अन्तरिक्षयानलाई सन्चालन र नियन्त्रण गरी कार्यमूलक वनाएर स्थिति र स्थानको खोजमूलक अनुसन्धान तथा यन्त्रमानवलाई रिमोर्टद्वारा कृयाशील वनाएर आफनो ईक्षा अनुकुलको कार्य सिद्ध गर्न लगाउने जस्ता रहस्यहरु उजागर गरेको छ । प्रविधिको विकासले नै आज हामी कोठाभित्र वसेर कम्पुटरको माध्यमवाट सम्पूर्ण भूगोलको सूचना ग्रहण गर्न , विश्लेषण गर्न र आफनो विचार संसारभर प्रसार गर्न सक्षम भएका छौ । यसरी विज्ञान र प्रविधिमा द्रुततर अंगाडि वढीरहेको परिप्रेक्षमा पुरातन वादी सोंच राखेर अझैपनि धामीझांक्री, झारफुक, ग्रहदशा कटाउने जस्ता विधिहरु अवलम्वन गरेर विभिन्न प्रकारका रोग वा समस्याहरुवाट मुक्ति खोज्नुलाई भ्रम या मूर्खताको संज्ञा दिनुलाई भौतिक दर्शनमा स्वाभाविक मान्न सकिएला, तर हामी कहांनेर चुक्यौ भने हामीले साधनलाई मात्र प्राथमिकतामा राख्यौ र साध्यतर्फ दिमाग कसरत गर्न चाहेनौ जस्लेगर्दा वास्तविकता महशुस गर्नमा भने पछाडि पर्दै गयौ ।आजको वैज्ञानिक युगमा मानवीय कृयाकलापहरु ग्रह नक्षत्रको अवस्थावाट निर्दिष्ट हुन्छन् भन्दा विश्वास नहुन पनि सक्छ जुन स्वाभाविक पनि हो, किनकी विज्ञान र प्रविधिको द्रुततर विकासले मानिसका हर समस्याको समाधान संभव वनाएको छ । आधुनिक मनोविज्ञानले मानिसको सोंचमा परिवर्तन गर्न सकिने प्रविधिको विकास गरेको छ । आधुनिक चिकित्सा विज्ञानले हर प्रकारका रोगहरुको निदान गर्ने मात्र होईन, मानिसका अंगहरुको आरोपण र प्रत्यारोपण, परीक्षण नलीमा वच्चा, लि¨परिवर्तन , डि एन ए ईन्जिनियरि¨वाट डुप्लिकेट मानिस वनाउन सकिने प्रविधिसमेत विकास गरेको छ ।त्यस्तै आधुनिक विज्ञान र प्रविधिले हवाई अड्डाको राडारवाट उडिरहेको हवाईजहाजको सन्चालन र नियन्त्रण, पृथ्वी वाटै अन्तरिक्षयानलाई सन्चालन र नियन्त्रण गरी कार्यमूलक वनाएर स्थिति र स्थानको खोजमूलक अनुसन्धान तथा यन्त्रमानवलाई रिमोर्टद्वारा कृयाशील वनाएर आफनो ईक्षा अनुकुलको कार्य सिद्ध गर्न लगाउने जस्ता रहस्यहरु उजागर गरेको छ । प्रविधिको विकासले नै आज हामी कोठाभित्र वसेर कम्पुटरको माध्यमवाट सम्पूर्ण भूगोलको सूचना ग्रहण गर्न , विश्लेषण गर्न र आफनो विचार संसारभर प्रसार गर्न सक्षम भएका छौ । यसरी विज्ञान र प्रविधिमा द्रुततर अंगाडि वढीरहेको परिप्रेक्षमा पुरातन वादी सोंच राखेर अझैपनि धामीझांक्री, झारफुक, ग्रहदशा कटाउने जस्ता विधिहरु अवलम्वन गरेर विभिन्न प्रकारका रोग वा समस्याहरुवाट मुक्ति खोज्नुलाई भ्रम या मूर्खताको संज्ञा दिनुलाई भौतिक दर्शनमा स्वाभाविक मान्न सकिएला, तर हामी कहांनेर चुक्यौ भने हामीले साधनलाई मात्र प्राथमिकतामा राख्यौ र साध्यतर्फ दिमाग कसरत गर्न चाहेनौ जस्लेगर्दा वास्तविकता महशुस गर्नमा भने पछाडि पर्दै गयौ ।हाम्रो जीवन भौतिक पिण्ड र अभौतिक चेतनाको सामन्जस्यवाट निर्माण र सञ्चालन हुने र चेतन पक्षको प्रभाव र निर्देशनमामात्र जडपक्ष ( पञ्चतत्ववाट निर्मित शरीर )को अस्तित्व विद्यमान रहने कुरालाई आत्मसाथ गर्न सकेनौ । आधुनिक चिकित्सा विज्ञानवाट जडपक्ष(भौतिक शरीर)को उपचार संभव हुन सक्छ । जस्तो एउटा कार्डियोलोजिष्टले धडकीरहेको मुटुमा आउने अनेकन समस्याको उपचार गर्न सके तापनि धड्कन वन्द भएको मुटुलाई पुनः सञ्चालनमा ल्याउन सक्दैन वरु विभिन्न प्रकारको उपचारको क्रममा मुटुको धड्कन वन्द भयो भने ह्दयघातको संज्ञा दिइन्छ । त्यसै गरी विविध प्रकारका चीरफारहरु(सर्जिकल कार्य) जीवित कोषहरुमा मात्र सफल हुन्छ अर्थात चिकित्सा विज्ञानले केवल शरीरको भौतिक पक्षमा रहेको गडवडीलाई हटाएर शरीरलाई स्वस्थ वनाउने उपायको खोजी गर्दछ । रोग लागेर मात्र मानिसको मृत्युहुने होइन, हिडदाहिड्दै वोल्दावोल्दै कामगर्दागर्दै पनि मानिसको मृत्यु हुन्छ किन? मानिस अल्पायु र दीर्घायू कसरी हुन्छ ? कुशाग्र वुद्धि हुनु र जड वुद्धि हुनु असमान परिवेशको कारण मात्र हो ? समान परिवेशमा हुर्केका एउटै आमा वावुका सन्तान पनि किन एक समान हुदैनन? मानिसमा रहेका राग, द्वेष, घृणा, ईष्र्या, अहंकारजस्ता दुर्गुणको श्रोत के हो ? मानिसको फरकफरक स्वभाव र प्रकृति कसरी निर्धारण हुन्छ ? भन्नेजस्ता अनगिन्ति प्रश्नहरुको उत्तर आधुनिक विज्ञानसंग पनि छैन । भौतिक शरीरलाई सञ्चालन र नियमन गर्ने चेतन पक्ष जीवन सञ्चालनको मूल आधार हो भन्ने वास्तविकतालाई वुझन खोजे मात्र पनि हामी सत्यको धेरै निकट पुग्न सक्छौ । हामीले आफुलाई एकपटक यन्त्रमानवसंग तुलना गरौं, यन्त्रमानवले आफै काम गर्दैन यसलाई रिमोर्टवाट निस्कने अदृश्य कीरणले सञ्चालन र नियन्त्रण गरेको हुन्छ । यन्त्रमानव वनाउने इन्जिनियरले नै त्यस अनुकुलको रिमोर्ट तयार गरेको हुन्छ र सम्वन्धित रिमोर्टले मात्र यन्त्रमानवलाई कृयाशील वनाउंछ । एक प्रकारको यन्त्रमानव सञ्चालन गर्ने रिमोर्ट अर्को प्रकारको यन्त्रमानव सञ्चालन गर्न उपयुक्त हुंदैन । रिमोर्ट नियन्त्रकले आफनो ईक्षाअनुसार यन्त्रमानव सञ्चालन गरे जस्तै प्राकृतिक मानव वनाउने अधिष्ठाताले रिमोर्टरुपी तारा नक्षत्र तथा ग्रहहरुवाट निस्कने र परावर्तन हुने दृश्य र अदृश्य वर्णपटको माध्यमवाट मानव जीवन सञ्चालन गरिरहेको हुन्छ । सूर्य,तारा र ग्रहहरुवाट पृथ्वीमा आउने दृश्य र अदृश्य वर्णपट जीवन सञ्चालनका श्रोत हुन्, यीनै ज्योतिषीय पिण्डहरुको सकारात्मक या नकारात्मक प्रभावले मानव जीवनका हर कृयाकलापहरु निर्दिष्ट भएका हुन्छन् । ज्योतिषीय पिण्डहरुको नकारात्मक असरको उपचार ज्योतिषीय विधिवाट मात्र सम्भव छ, त्यसैले आधुनिक चिकित्सा उपचार विधि भन्दा ज्योतिषीय उपचार विधि मानिसको समग्र व्यवहार परिवर्तनको अचुक एवं श्रेष्ठतम विधि हो । अतः प्रत्यक्ष अनुभवमा रहेको विज्ञान र प्रविधि भन्दा निराकार रुपमा रहेको जीवन निर्माण र सञ्चालनको नियामक अधिष्ठाता( दैवी शक्ति) कैयन गुना शक्तिशाली र प्रभावकारी हुन्छ ।